चीनद्वारा नयाँ रक्षा नीति सार्वजनिक, युद्ध शैलीमा परिवर्तन

54

एजेन्सी
बेइजिङ– चीनले नयाँ रक्षा नीति सार्वजनिक गरेको छ । आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना सार्वजनिक गरेको हो । राष्ट्रिय सुरक्षा योजनामा परिवर्तित विश्व बौद्धिक युद्धकलामा प्रवेश गरेको उल्लेख गरिएको छ ।

आर्ट्फििसियल इन्टिलिजेन्स, बिग डेटा, क्लाउड कम्प्युटिङ र नवीन तथा उच्च प्रविधियुक्त सैनिक प्रविधि आवश्यकता भइसकेको बताइएको छ । योजनामा चीनको जनमुक्ति सेनाका शस्त्रलाई उच्च प्रविधियुक्त बनाइने उल्लेख छ ।
ताइवान स्वतन्त्रतातर्फ उन्मुख भएको भन्दै चिनियाँ राष्ट्रको एकीकरणका लागि सैनिक शक्ति प्रयोग गर्ने विकल्प अझै बन्द नभइसकेको चिनियाँ विदेशमन्त्रालयले जनाएको छ ।

उक्त स्वेतपत्रमा विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध चेतावनी दिइएको छ । हालै ताइवानले अमेरिकासँग २.२ अर्ब अमेरिकी डलर बराबरको सैनिक उपकरण खरिद गरेपछि चीनको यस्तो भनाइ आएको हो ।

चीनले स्वतन्त्र शासन चलाइरहेको ताइवानलाई आफ्नै एक छुट्टिएको प्रान्तको रुपमा हेर्ने गरेको छ । ताइवानलाई मुख्यभूमिसँग एकीकरण गर्नका लागि चीनले सैनिक शक्ति प्रयोग गर्न समेत खुला रहेको बताउने गरेको छ ।

Womui
Womui