प्यान र भिसिटिएसको कार्यान्वयन तीन महिना पछाडि धकेलियो

130

छिनछिन खबर
काठमाडौं–सरकारले साउन १ देखि लागू गरेको तलबमा अनिवार्य प्यान र ढुवानी साधनको अनुगमन प्रणाली(भिसिटिएस) को नियमलाई तीन महिना पर सारेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल घरेलु उद्योग महासंघको टोलीसँग यो व्यवस्था कार्यान्वयन गर्नको सरकारले तीन महिनाको समय थप गरेको बताए ।


अर्थमन्त्री खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) लगायतका अहिलेका नियम केही समयका लागि लागू गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत् सम्बोधन गरिने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग छलफलमा बोल्दै उनले अहिलेका प्रावधान लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेको बताए ।

यसका लागि समय थप गर्न मन्त्रालय सकारात्मक समेत रहेको भनाई राख्दै अर्थमन्त्री खतिवडाले प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) लगायतका तीन महिनाका लागि पुरानै व्यवस्थामा काम गर्न सकिने बताए । नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवद्र्घनमा सरकार लागेको भन्दै उनले यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्रविधि सहयोग गर्न सरकार सहकार्य गर्न तयार रहेको बताए ।

तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन महासंघको आग्रहलाई सम्बोधन गर्दै उनले प्यान, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली केही समयका लागि लागू गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताए ।

महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेका थिए ।

Womui
Womui