कोइरालाको नेतृत्वमा विपी अध्ययन प्रतिष्ठान बाँके विस्तार

83

नेपालगन्ज, साउन ५-
विपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेको कार्यसमिति विस्तार गरिएको छ । कांग्रेस बाँकेका जिल्ला सदस्य सुधाम्सु कोइरालाको अध्यक्षतामा आइतबार तदर्थ समिति विस्तार गरिएको हो । प्रतिष्ठानको केन्द्रिय समितिले यसअघि नै युवा नेता कोइरालालाई बाँके जिल्लाको अध्यक्षमा मनोनित गरेको थियो । नेपाली कांग्रेस बाँकेको कार्यालयमा आयोजित भेलाले प्रतिष्ठानको कार्यसमिति विस्तार गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा तोजिन्द्र बिक, सचिव आशिष बर्मा र कोषाध्यक्षमा उमा थापा रहेका छन् ।

विपी अध्ययन प्रतिष्ठान बाँकेका अध्यक्ष सुधाम्सु कोइराला ।

यस्तै सदस्यहरुमा विश्वजित तिवारी, चेतनारायण शर्मा, अर्जुन ओली, शिवराज सिग्देल, बदरुद्धिन अन्सारी, शरद रेग्मी लगायत रहेका छन् । प्रतिष्ठानको विधान अनुसार जिल्ला कार्यसमिति २१ देखी २५ सदस्यीय रहने ब्यवस्था छ । प्रतिष्ठान बाँकेका अध्यक्ष कोइरालाले बाँकी सदस्य संख्या पछि थपिने बताए । भेलाले प्रतिष्ठानको सल्लाहकारमा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्यसचिव एवम् नेपाली कांग्रेस बाँकेका पुर्व सभापति सनत रेग्मी, कांग्रेस जिल्ला सचिव तप्त पौडेल, अच्युत प्रसाई, राजुप्रसाद काफ्ले, अशोक बस्नेत र तुलसीराम थारुलाई मनोनित गरेको छ ।

प्रतिष्ठानले विपी स्मृती दिवसको सन्दर्भमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बाँकेमा वृक्षारोपन कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमको मिति, समय र स्थानको निर्धारण पदाधिकारीको छलफलबाट गरिने बताइएको छ । यस्तै प्रतिष्ठानको पुस्तकालय स्थापनाका लागि उपाध्यक्ष तोजिन्द्र बिकको संयोजनमा स्थापनाको काम अगाडी बढाउने निर्णय गरिएको छ । सो क्रममा प्रतिष्ठानका अध्यक्ष कोइरालाले संस्थाले जिल्लामा रहेर सामाजिक कामहरु गर्ने जानकारी दिए । ‘यो प्रतिष्ठानले गैरराजनीतिक रुपले आफ्ना गतिविधीलाई समाजमा प्रस्तुत गर्नेछ, हामीले यो संस्थालाई सामाजिक क्रियाकलापम सक्रिय रुपले अगाडी बढाउनेछौंं,’ उनले भने ।

 

Womui
Womui