विप्लव नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रकाउ

98

छिनछिन खबर
काठमाडौं–नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रकाउ परेका छन् । लामालाई प्रहरीले काठमाडौंको काडाँघारीबाट मध्यरात नियन्त्रणमा लिएको हो ।

काँडाघारीमा रहेको विशेष सूचनाका आधारमा लामालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । काठमाडौं, भक्तपुर तथा ललितपुरको इन्चार्ज रहेका लामालाई नेकपाको यस क्षेत्रको प्रभावशाली नेताको रुपमा लिइन्छ ।

सरकारले अप्रत्यक्ष रुपमा वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि नेकपा नेता तथा कार्यकर्ता पक्राउ गर्न भने छोडेको छैन । हालसम्म देशभरबाट ५ सयभन्दा बढी नेताकार्यकता समातिएका छन् । गत फागुन २८ गते सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

Womui
Womui