एघार हजार वर्ष पुरानो शहर डुब्दै

125

डरी बुस्कारेन
टर्कीको हसानकेफ शहर अब चाँडै एउटा सम्झनामात्रै बन्नेछ । फातिमा साल्कनको घर दक्षिणपूर्वी टर्कीको तिग्रिस नदी किनारमा बसेको यही शहरमा छ । घरको मूल ढोकाबाट फलफूलका रूख, ऐतिहासिक भग्नावशेष र ढुंगाले छापेका सफा पर्खाल देखिन्छन् । उनी सकेसम्म सुदूर बायाँतिर हेर्न चाहँदिनन् । क्षितिजमा देखिने शहर निर्माण भइरहेको छ । जलविद्युत बाँधले उपत्यका डुबाउनुअघि उनी त्यही शहरमा बसाइँ सर्ने्छिन्। ‘यी सबै पुराना ठाउँ देख्नुहुन्छ ?’ कुर्दिश भाषामा उनी सोध्छिन्,‘हामी यसको मालिक हौं तर आज घरबारविहीन भएका छौं ।’

टर्कीको हसानकेफ शहर
माथि चुनढुंगाको चट्टानमा एउटा पुरानो रोमन किल्ला छ । त्यहाँ थुप्रै गुफाहरू छन्। कुनै समय उनका आमाबाबु र बाजेबोजु त्यहाँ बस्ने । भर्खरै पानी परेकाले तलको उपत्यका पन्नाजस्तै हरियो छ । जंगली तोरीको पहेंलो र रातो पप्पी फूल फूलेका छन । सल्कन ४५ वर्ष पुगिन् । हसानकेफ नै उनको घर हो। यो बिनाको भविष्य उनलाई भविष्यजस्तो लागेको छैन ।

हसानकेफको अन्तिम पुस्ता
हसानकेफको इतिहास ११ हजार पहिले सुरू भएको पुरातत्वविद्को विश्वास छ। वरपरका गुफामा ढुंगे युगका अवशेषहरू पाइएका छन् । सन् १९७२ सम्म हजारौं गुफामा मानिस बस्थे ।

शताब्दीसँगै तिग्रिस नदी ‘सिल्क रोड’को एउटा महत्वपूर्ण बाटो बन्यो । हसानकिफ असिरियन, अय्युविद र ओट्टोम्यान साम्राज्यमा हस्तान्तरण हुँदै आयो । दोस्रो शताब्दीमा रोमन साम्राज्यको पूर्वी नाका यहाँबाट निगरानी हुन्थ्या े। १३ औं शताब्दीमा मंगोलहरूले यहाँ विजय प्राप्त गरे । अहिले करिब २५ माइल तलतिर इलिसु बाँधको निर्माण सम्पन्न भएको छ। बाँध ६ हजार फुट अग्लो छ।

एक अर्ब २० करोड युरोमा निर्माण भएको यो विशाल बाँधले वर्षमा तीन हजार आठ सय जिगावाट बिजुली उत्पादन गर्ने टर्की सरकारले जनाएको छ । अधिकारीहरूले जुनदेखि परियोजना सञ्चालन हुने बताएका छन् । सञ्चालन हुँदा परियोजनाले एक सय १५ वर्ग माइल कृषियोग्य उपत्यकामा बाढी ल्याउने र नजिककै हसानकिफ तथा दर्जनौं गाउँ डुब्नेछ ।

शहरलाई हजारौं वर्षदेखि पालनपोषण गर्दै आएको नदीले त्यही शहरलाई सर्लक्कै निल्नेछ । सन् २०१५ मा हसानकिफ नजिकैको एउटा शहरमा आयोजिर्त यालीलाई सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेसेप एर्दाेवाँले भनेका थिए,‘इलिसु बाँधले टर्कीलाई ठूलो शक्ति दिनेछ । यो हाम्रो तिर्खा मेट्ने एउटा महत्वपूर्ण बाँध बन्नेछ ।’ इलिसु बाँध ‘साउथ इस्टर्न एनातोलिया प्रोजेक्ट’ अन्तर्गतका परियोजनाका सञ्जालको एउटा अंश हो ।

जलवायु परिवर्तनले टर्कीको दक्षिणपूर्वी क्षेत्रको तापक्रम र सुख्खापन बढाइरहेको छ । देशको न्यून आय भएको यो क्षेत्रमा परियोजनाले विद्युत उत्पादन, सिचाइँ र पानीको संरक्षण गर्ने टर्की सरकारले आशा गरेको छ । र, वातावरणविद्हरू बाँधको विरोधमा ओर्लिए । तिग्रिस नदी किनारको कोमल पर्यावरण सधैंका लागि अन्त्य हुन्छ भन्दै उनीहरूले आवाज उठाए ।

यही नदीको किनारबाट विश्वका केही प्राचिन सभ्यताको विकास भएको छ । तिग्रिसको बहाव नियन्त्रण गर्ने अन्तर्रा्ष्ट्रिय सम्झौताका बाबजुद सिरिया र इराकका अधिकारीले बाँधका कारण उनीहरूको पानी आपूर्ति बन्द हुने भन्दै चिन्ता व्यक्त गरेका छन ्।

पोहोर सालको सुख्खाका कारण टर्कीले रिजर्भाेयरमा पानी भर्ने काममा ढिलाइ गरेको थियो । सन् २००८ मा पश्चिमका लगानीकर्ताले परियोजनाबाट हात झिके। आफैं लगानी गर्ने निर्णय गर्दै टर्की सरकार अघि बढ्यो । बाँध निर्माण रोक्ने अन्तिम प्रयास स्वरूप मानवअधिकार सम्बन्धी युरोपेली अदालतमा मुद्दा हालियो। व्यक्तिको साँस्कृतिक सम्पदाको सुरक्षा सार्वभौम अधिकार होइन भन्दै अदालतले यही वर्ष मुद्दा खारेज ग¥यो ।

पर्यटनमा आधारित सुस्त अर्थतन्त्रका बाबजुद हसानकेफको जनसंख्या करिब दुई हजार पाँच सय मात्रै छ। बाँध निर्माणको समयमा नयाँ घर र व्यवसाय बनाउन प्रतिबन्ध लगाइएको थियो । इराकमा भएको सुख्खाका कारण इलिसुको रिजर्भाेयर भर्ने कार्य अघिल्लो वर्ष ढिलाइ गरिएको थियो। यसले हसानकेफको अन्त्य फेरि स्थगित हुन आशा पलाएको थियो। तर, यो वर्षको भारी वर्षाले तिग्रिसमा पानीको स्तर सामान्यभन्दा धेरै भयो। रिजर्भाेयर भर्ने त्यही समय उचित भएको संकेत र्गयो ।

‘निर्णय भइसकेको छ, हामीले सम्मान गर्नुपर्छ’
ओमर गुजल सत्तारूढ एके पार्टीबाट टर्कीको संसदमा हसानकेफका प्रतिनिधि हुन् । बाँधविरूद्ध गरिएका तर्कले उनी अलिकति पनि डगमगाएका छन् । चाँडै पानीमुनि डुब्ने शहरको एउटा कुनामा भएको रेस्टुरेन्टमा बसिरहेका गुजल अवसर देख्छन् ।

नयाँ परिस्थिति अनुसार जनसंख्या अभ्यस्त हुँदै जाने उनी बताउँछन् । ‘जनतालाई नराम्रो व्यवहार गरेजस्तो मलाई लाग्दैन,’ गुजल भन्छन्। त्यस क्षेत्रमा पर्यटनको भावी योजनाको विस्तृत विवरण सुनाउन उनी पछि पर्दैनन्। डेढ माइल पर, रिजर्भाेयरको भावी ‘वाटर लाइन’माथि ‘न्यू हसानकेफ’मा एकै प्रकारका घर र नयाँ पार्क बनाइएका छन्।

यहाँ ‘पुनर्वास’का लागि चाँडै विस्थापित हुने स्थानीयवासीलाई ‘पेमेन्ट प्लान’ पनि प्रस्ताव गरिएको थियो । केही सरेका पनि छन् । हसानकेफका थुप्रै ऐतिहासिक स्मारक नदी पार गरेर न्यू हसानकेफमा सारिएका छन् । यहाँ एउटा ‘ओपन–एयर’ साँँस्कृति संग्रहालय बनाइएको छ ।

बाँधको पानी खोलेर बनेको तालमा ‘टुर बोट’ सञ्चालन गरिनेछ। आगन्तुकले डाँडाको टुप्पोमा रहेको पुरानो बिजन्टिन किल्ला देख्न सक्नेछन्। टर्कीका अन्य शहरले पनि यस्तै गरेका छन् । पर्यटक र आम्दानी निरन्तर बढ्नेमा गुजल ढुक्क छन् । ‘हामी यही जन्मियौं। हुर्कियौं।

त्यसैले अन्यत्र सर्दा अलि दुःख त लाग्छ नै,’ गुजल भन्छन्,‘तर यो निर्णय भइसकेको छ र हामीले यस्को सम्मान गर्नुपर्छ ।’ १२ औं शताब्दीको ढुंगे पुलको भग्नावशेष जस्ता सार्न नसकिएका ऐतिहासिक स्थललाई कंक्रिटले सुरक्षित राखिएको छ ।

‘विरोध गर्नेलाई सजाय’
हसानकेफमा अझै केही मानिस बसिरहेका छन् । उनीहरूलाई अझै केही पैसा कमाउने आशा छ । शहरको धुलाम्मे दुई लेनको पुलमा प्रत्येक बिहान ‘टुर बस’अझै चल्छन्। हसानकेफको नजिकिदों बर्बादीले आगन्तुकको संख्यामा थोरै भएपनि वृद्धि गरेको छ । यहाँको विशिष्ट घर र टेकोमा अडाइएका क्याफेको अन्तिम दृश्य हेर्ने आशमा उनीहरू आउँछन् ।

पर्यटकहरू ऐतिहासिक बजारको गलैंचा र उपहार पसल घुमिरहँदा पसले र कबाव बनाउनेहरू आउने विध्वंश सम्झेर भावशून्य उभिरहन्छन् । ‘तपाईं एकदमै ढिलो आउनुभयो,’ एक युवक भन्छन् । ‘पत्रकारहरू आए । हामीले धेरै कुराकानी र्गयौं। तर केही भएन ।’ बाँधको पानी खोल्दा करिब १५ हजार मानिसलाई पुनर्वास उपलब्ध गराउनुपर्ने टर्की सरकारको अनुमान छ ।

तर, बाँधको विरोध गर्नेहरू यो विस्थापित हुने स्थानीयवासीको संख्या ५० हजार जति भएको बताउँछन् । फातिमा साल्कन लगायत केहीले घरको मुल्य बजार भाउभन्दा कम दिइएको बताए। यसले उनीहरूको भविष्य अनिश्चित छ । ‘हामीले विरोध गर्ने प्रयास र्गयौं तर गर्न सकेनौं। उनीहरूले हामीलाई आतंककारी भन्नेछन्,’ सल्कनले भनिन्, ‘विरोध गर्नेलाई सजाय हुन्छ ।’ टर्कीका राष्ट्रपतिले सन् २०१६ मा एउटा भाषण गरेका थिए ।

इलिसु बाँधको विरोध गर्ने र पृथकतावादी कुर्दिश सैन्य लडाकू समूह पिकेकेका सदस्य उस्तै भएको उनले बताए । पिकेकेलाई अमेरिका र टर्कीले आतंककारी समूहको सूचीमा राखेको छ । पानी खोलेपछि साल्कनले थाहा पाएको सबैथोक पानीमा डुब्नेछ। बुबाले बनाएको घर, चिल्ला सेता भित्ताहरू र नीलो ‘टाइल’का छानाहरू । छिमेकीको पसल।

सडकपारिका दर्जी। किशोरवयमा खेलेको छेवैको हरियो बगैंचा । सबै पानीमा डुब्नेछ। साल्कनको घर र बगैंचा नजिकै छ। बाटोमा उनी पढेको प्राथमिक विद्यालय पर्छ। अहिले खाली छ। झ्याल फुटेका छन् । ‘गेट’बाट निहुरिएर प्रवेश गरे लगत्तै उनी अञ्जिर, खुर्पानी र सुपारीका रूख बीचमा आइपुग्छिन्। बुबाको मृत्युपछि आमा र बहिनीसँग मिलेर उनले ती रूख रोपेकी थिइन्। उनीहरू चिया बनाउँथे। राति अबेरसम्म बस्थे।

भुइँमा सुतेर कथा सुन्थे–सुनाउँथे। ‘हामी यसलाई हरियो बनाउन चाहन्थ्यौं,’ उनी भन्छिन् । हावाको गन्ध सुँघ्छिन् । यही घर हो।बगैंचाको बीचमा हरेक साल तरकारी लगाउने उनले बताइन् । र, यो वर्ष, तरकारी लगाउनुअघि नै यो ठाउँ छोडेर जानुपर्छ भन्ने उनलाई थाहा छ ।

त्यसैले यहाँको माटो बाँझो नै छ । ‘सबैले उनीहरूको रूख काटे। मैले काटिनँ,’ उनले भनिन्,‘मैले काट्नै सकिनँ ।’ ‘गाह्रो हुँदैन ?’ उनले भने, ‘यतिका वर्ष र मेहनतपछि त्यतिकै उठेर जान सकिन्छ ?’ एजेन्सी

Womui
Womui