अब चन्दा नलिने नेकपा अनेरास्ववियुको घोषणा

145

छिनछिन खबर
काठमाडौं–प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी सङ्गठन अनेरास्ववियुले कुनै पनि प्रकारको चन्दा नलिने घोषणा गरेको छ । पुनर्गठित अनेरास्ववियु केन्द्रीय कमिटीको पहिलो बैठकले कुनैपनि ब्यक्ति र संस्थासँग चन्दा नलिने निर्णय गरेको संयोजक ऐन महरले बताए ।

केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दसंयोजक महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रूपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने घोषणा गरे । ‘अब अनेरास्ववियुले संस्थागत र व्यक्तिगत रूपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ’, उनले भने ।

उनले लेवी उठाएर मात्र संगठन चलाउने बताए । दुई सङ्गठनहरु एक भएपछि अनेरास्ववियूमा करिव ५० हजार बिद्यार्थी आवद्ध छन् ।

Womui
Womui