भेनेजुएलाका राष्ट्रपति पुत्र मादुरोले किन नेपालका नेता भेट्दैछन् ?

115

छिनछिन खबर
काठमाडौं– नेपालसँग आर्थिक, राजनीति विषयमा त्यति सरोकार नराख्ने भेनेजुएलाका राष्ट्रपति पुत्र मादुरो यतिबेला नेपालमा छन् । त्यति मात्र होइन उनले नेकपामा नेताहरूलाई एकपछि अर्को गर्दै भेटघाट पनि गरिरहेका छन् । अमेरिकासँग सम्बन्ध बिग्रेको भेनेजुएलाका राष्ट्रपतिका पुत्र नेपालसँग चाहिँ किन सम्बन्ध राख्न चाहन्छन् ?

यतिखेर सबैतिर निकै चासो छ । नेकपामा नेतालाई भेटेर उनले विश्वलाई के सन्देश दिन खोजेका हुन् भन्ने खोजीको विषय बनेको छ । नेपाल भ्रमणमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरोले नेकपा नेताहरुसँग उच्चस्तरको राजनीतिक भेटघाट गरिरहेका छन् । दुई दिनअघि सुटुक्क नेपाल आएका मादुरोले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा नेता झलनाथ खनालसँग भेटवार्ता गरिसकेका छन् ।

मध्यम तहका थुप्रै तहका नेतालाई समेत उनले भेटेका छन् । भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सरकारले त्यसको विरोध गरेको थियो । अमेरिकाको विरोध गरेपछि भेनेजुएला र नेपालबीचको सम्बन्ध राम्रो बन्दै गएको छ भने अमेरिकासँगको सम्बन्ध बिग्रिदै गएको छ । कतिपय राजनीतिक विश्लेषक नेकपाका अध्यक्ष दाहालले अमेरिकाले हस्तक्षेप गर्दा विरोध गरेका कारण भेनेजुएलाका राष्ट्रपति यतिबेला नेकपासँग खुशी छन् ।

र, सम्बन्ध विस्तार गर्न चाहन्छन् । तीन मन्त्रीसहित नेपाल भ्रमणमा रहेका मादुरोले यसअघि नेकपा नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गरेका थिए ।  प्रमुख सत्तारुढ दल नेकपा युवा संगठनको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् । नेपाल आएका मादुरो र प्रचण्डबीच भेटवार्ता भएको युवा संगठनका संयोजक रामप्रसाद सापकोटा बताए ।

Womui
Womui