नेपाली कांग्रेसका सांसदले बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने

43

छिनछिन खबर
काठमाडौं– नेपाली कांग्रेसका सांसदले बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने भएका छन् ।  संसदीय दलले बाढी, पहिरो र डुवान प्रभावितका लागि राहत स्वरुप संघीय संसद्मा प्रतिनिधित्व गर्ने सदस्यको ५ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।


कांग्रेसले संसद्को अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्ताव अघि बढाउन समेत सभामुखसँग माग गरेको छ । ‘संसदमा छलफल गरी संसदको धारणा सुनी सरकारले प्रतिबद्धता व्यक्त गरी विपदका बेला सबै शक्ति एकजुट भई विपदको सामना गर्न, जनतालाई विश्वास र भरोस दिलाउन, विपदबाट उद्धार, राहत र पुनर्स्थापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो ।

नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशील, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Womui
Womui