एसीसी अन्डर १९ इस्टर्न रिजनको उपाधि नेपाललाई

31

छिनछिन खबर
काठमाडौं–मलेसियामा जारी एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि नेपालले हात पारेको छ । फाइनलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल विजयी भएको हो । जीतसँगै नेपाल श्रीलंकामा आयोजना हुने युवा एशिया कपको लागि समेत छनौट भएको छ ।

हङकङले नेपालसामु जितका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र १६.१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि ओपनर पवन सर्राफले विस्फोट ब्याटिङ गर्दै सर्वा्धिक ३९ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै रीत गौतमले १३ तथा कप्तान रोहित कुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रन बनाउँदै नटआउट रहे ।

Womui
Womui