आँधीखोला लघुवित्तको आइपिओ खुला, कति गर्ने लगानी ?

59

छिनछिन खबर
काठमाडौं–आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) को आवेदन आइतबारदेखि खुला गरिएको छ । आँधीखोला लघुवित्तलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्री कार्यालय रहेको आँधी खोलाले कम्पनीका कर्मचारीहरुका लागि ५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर छुट्याएको छ भने बाँकी ३ लाख ७५ हजार सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो लगानीकर्ताले कम्तीमा १० र अधिकतम २ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने छन् । कम्पनीले आइपिओका लागि आवेदन दिने अन्तिम मिति छिटोमा असार २५ गते र ढिलामा साउन २० गतेसम्मका लागि तोकेको छ ।

यो कम्पनीको आइपिओलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड फोरको ग्रेडिङ प्रदान गरेको छ । यो संस्थाको कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँसहित ग१९ वटा जिल्ला छन् ।

Womui
Womui