निर्दोसलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेको भन्दै काङ्ग्रेसको प्रदर्शन

127
नेपालगन्ज, असार २०-
बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ४ मा भएको घटनामा निर्दोस ब्यक्तिलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेको भन्दै काङ्ग्रेसले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको छ । कांग्रेसले यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियोे । घटनाका पीडित ब्यक्तिलाई प्रहरी प्रशासनले उल्टै हिरासतमा राखेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको कांग्रेसको जिकिर छ ।
यही असार १२ गते डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी गणेश कुमार यादवको खेतमा माटो लिन गएको ट्याक्टरलाई मदिराले लठ्ठिएका सोही वडाका वडाध्यक्ष सगिर खाँले अवरोध गर्न खोजेको भन्दै विवाद उत्पन्न भएको थियो । वडाध्यक्ष खाँको नेतृत्वमा वडा नम्बर ४ सिधनियास्थित रामकुमार यादवको घरमा हातहतियार सहित करिव ४० जनाको समुहमा पुगेर ढुंगामुढा गर्नुका साथै शारिरीक आक्रमण भएको कांग्रेसले जनाएको छ ।
खाँ नेतृत्वको समुहले आक्रमण गर्दा रामकुमार यादव,  निजकी श्रीमती मक्खनिया यादवलाई चोट पटक लाग्नुका साथै निजले लगाएको कपडा तनेर च्यातने, अपशब्द गालीगलौज गर्ने, महिलामाथी नै अभद्र व्यवहार गरेको, छोरा दिनेश यादवको मुखमागहिरो चोट लागेको कांग्रेसले जनाएको छ ।
उक्त घटनामा ना २८ प ०२४९ को मोटर साइकल, भे६प ९८३२ नम्बरको स्कुटी, भे१त ७७८६को सोनालीका ट्रेक्टरमातोड फोड गरी घरको ढोका, पर्खालमा समेत क्षति पुर्याएको र अध्यक्ष खाँकै नेतृत्वमा घटना घटाइएको प्रष्ट रुपमा देखिदा देखिदै प्रहरी, प्रशासनले सत्ताको भरमा उल्टै यादव परिवारका रामकुमार यादव, गणेश यादव, दिनेश यादव र सोही वडाको मलहु पुर्वामा बस्ने हसिमखाँ, सलिमखाँ समेतलाई झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै कांग्रेसको दाबी छ। कोण सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति किरण कोईराला, प्रदेश साम्सद सुरेन्द्र हमालले निर्दोष ब्यक्तीलाई रिहा नगर्दा सम्म आन्दोलन नरोक्ने चेतावनी दिए ।
Womui
Womui