एसइई पास गरेकोमा शान्ता चौधरी र करिश्मा मानन्धरले मनाए खुशीयाली

133

छिनछिन खबर
काठमाडौं– एसइई परीक्षा पास गरेकोमा अभिनेत्री करिश्मा मानन्धर र नेतृ शान्ता चाौधरीले एकआपसमा खुशीयाली मनाएका छन् । मानन्धर र चौधरीले एसइई पास गरेपछि पहिलोपटक नेपाल टेलिभिजनमा प्रसारण हुने ‘मुन्द्रेको कमेडी क्लब’ मा खुशीयाली मनाएका हुन् ।

चौधरीले भनिन्, ‘मुन्द्रेको कमेडी क्लबद्वाराआयोजित एक कार्यक्रममा उपस्थित हुने क्रममा करिश्माजीसँग भेट भयो । एसइई परीक्षापछि फोनबाट शुभकामना आदानप्रदान गरेका थियौँ । नतिजापछि पनि मोबाइलमा नै कुरा गरेर बधाई एवं खुशी साटेका थियौँ, कार्यक्रममा प्रत्यक्ष भेटेर खुशीयाली मनाउन पाइयो ।’ यी दुईबीच आगामी अध्ययनको विषयमा छलफल समेत भएको थियो ।

Womui
Womui