तरकारी परीक्षणको निर्णयबाट पछि हट्यो सरकार

117

 काठमाडौं– भारतको चर्को दवाव पछि सरकारले तरकारी र फलफुलको विषादी परिक्षन नगर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने भएको हो ।

दुई साताअघि उद्योग तथा वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्‌बाट विषादी परीक्षण गर्ने स्वीकृत भएको थियो। तर दुई सातामा सरकार विषादी परीक्षणबाट पछि हटेको छ। सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै परीक्षण गरिने स्रोतले बताएको छ।

Womui
Womui