दाङका पत्रकार विरुद्ध विशेष अदालतमा मुद्दा

50

दाङ, असार २०-

दाङका एक जना पत्रकार बिरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। एक प्रहरी  हवल्दारलाई चपेटामा पारी पत्रकार सुनिल न्यौपानेले घुस लिएका थिए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ।

दाङका ‘पत्रकार’ सुनिल न्यौपानेसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरिएको छ। अख्तियारले सवारी साधान चेकजाँचमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंहलाई पनि प्रतिवादी बनाएको छ।

सवारी साधनको चेकिङमा रहेका प्रहरी हवल्दार सिंहको घुस लिएको भिडियो बनाई बार्गेनिङ गरेको आरोपामा पत्रकार न्यौपाने र सिंहविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीहरुविरुद्ध १ लाख ५ हजार २ सय रुपैयाँ बिगो मागदाबी छ। घोराही उपमहानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार सिंहले चेकजाँच गर्ने क्रममा पत्रकार न्यौपाने परे। उनीसँग कागजात थिएन।

न्यौपानले दुई सय घुस दिए । त्यो घुस दिएपछि आफू पत्रकार भन्दै न्यौपाने प्रहरी हवल्दारसँग १ लाख घुस मागेर बार्गेनिङ गरे। घुस नदिए पत्रपत्रिका समाचार छापिदिने धम्की दिए। न्यौपानेको धम्कीपछि हवाल्दार सिंहले तत्कालनै ५ हजार रुपैयाँ दिए।

अख्तियारका अनुसार न्यौपानेले ५० हजारको चेक र ५० हजारको नगद लिए। २ सय घुसलिने हवाल्दार र एक लाख ५ हजार पैसा लिने पत्रकारलाई पक्राउ गरेर अख्तियार अुनसन्धान गरेको जनाएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको छ।

Womui
Womui