छिट्टै बिमा फिर्ता पाउने आसमा बुवाले गरे छोरीको हत्या

34

छिनछिन खबर
रौतहट, असार २० । मौलापुर नगरपालिका–६ पथरामा ३९ वर्षीय रामकिशोर यादवले बिमाको रकमको आशमा ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिची हत्या गरेर पोखरीमा फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार पत्रकार सम्मेलन गर्दै आरोपी यादवलाई सार्वजनिक गरेको छ । हत्याको भोलिपल्ट पोखरीमा ४ वर्षीया लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान गरेको थियो । लक्ष्मी रामकिशोरकी कान्छी छोरी हुन् । छोरीको भविष्यको लागि उनले रौतहटको गरुडामा रहेको प्रभु बैंकमा २५ लाख रकमको बिमा गराएका थिए । बिमावापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाएका थिए ।

तर, कसैले बिमा गरेको एक महिनामै यदि बिमकको निधन भएका दुई गुणा पैसा फिर्ता पाइन्छ भन्ने सुनायो । त्यसपछि उनमा छोटो समयमा नै धेरै पैसा कमाउने लोभ जाग्यो । रामकिरोशले पैसाको आसमा बिमा गराएको २९औं दिनमा छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Womui
Womui