नेपाली कांग्रेस आवाज विहीनको आवाज बन्छः महामन्त्री खड्का

113

छिनछिन खबर
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको दम्भ र अहकांरले जनतामा निराश बढेको बताएका छन् । सरकार गठन भएको २ वर्ष हुनै लाग्दा पनि बिकास र व्यवस्थापनको कामले गति लिन नसक्दा जनता निराश भएको खड्काले बताए ।

जनता निराश हुनुमा सरकार दोषी रहेको उनको भनाइ छ । स्थानीय तह कर्मचारी युनियन नेपालले आयोजना गरेको २ दिने राष्ट्रिय कार्यशालाको समापन अवसरमा बोल्दै महामन्त्री खड्काले यो अवस्था आइपुग्नुमा सरकारसम्वद्ध दलको एकतन्त्रीय सोच नै प्रमुख कारण भएको बताए । ‘जनतामा आशा छैन । कर्मचारीतन्त्रमा उत्साह छैन ।

जनजीविकामा परिवर्तन छैन । महंगी घटेन,’ ? उनले भने, ‘सरकारलाई काम गर्ने वातावरण बनोस् भनेर प्रतिपक्षको ठाउँमा बसेर कांग्रेस कहिल्यै अवरोध गरेको छैन ।’ उनले राजनीतिक स्थिरतालाई संस्थागत गर्दै, प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले आफ्ना काम कारवाही अगाडि बढाउने जानकारी दिए । सरकारका आत्मीय सहयोगी कर्मचारीमाथि भएको बिभेदकारी नीतिलाई कांग्रेसले कडा प्रतिवाद गर्ने उनले बताए । उनले भने, ‘अब ढुक्क हुनुहोस् कांग्रेस आवाजविहिनको आवाज बन्छ ।’

Womui
Womui