हामी मारिन पनि सक्छौं– प्रचण्ड

43

छिनछिन खबर
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको जस्तै अन्य नेता पनि मारिन सक्ने बताएका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी ४५ वर्षकै उमेरमा मारिएको उल्लेख गर्दै उनले भने, ‘हामी मारिन पनि सक्छौं ।’ ‘कमरेड मदन भण्डारी ४०–४५ वर्षकै उमेरमै मारिनुभएको थियो । हामीहरु भने ६०–६५ वर्षसम्म पनि बाँचिरहेका छौं,’ भण्डारीको जन्मजयन्तिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘मारिने सम्भावना नभएको भने होइन ।’

मदन भण्डारीको हत्यापछि २०५८ सालमा भयानक घटनाका रुपमा दरबार हत्याकाण्ड मच्चाइएको उल्लेख गर्दै प्रचण्डले अहिले पनि त्यस्ता हत्याकाण्ड रोक्नसक्ने क्षमता विकास नभएको बताए ।

अध्यक्ष प्रचण्डले भयानक डिजाइनअन्तर्गत मदन भण्डारीको हत्या गरिएको पनि बताए । ‘हामी सबैलाई लाग्छ, त्यो कुनै दुर्घटना हैन । भयानक डिजाइनअन्तर्गत गरिएको हत्या हो भन्ने लाग्छ,’ प्रचण्डले भने, ‘मोटामोटी हामीलाई आधार लाग्छ पनि, यो विदेशी, त्यो विदेशी शक्तिले, देशभित्रको यो तत्व र त्यो तत्वले हत्याकाण्ड मच्चाएको हो भन्ने लाग्छ ।’

Womui
Womui