२ लाख घुससहित सिञ्चाईका उपसचिव र अधिकृत अख्तियारको नियन्त्रणमा

27

छिनछिन खबर
काठमाडौं,असार १२ ।जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर ग्रीष्मा ठगुन्नालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले उनीहरुलाई २ लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै २ लाख रकम घुसवापत लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरुले कार्यालय परिसरभन्दा बाहिरबाट नियन्त्रणमा लिएको हो ।अहिले अख्तियारको टोलीले मुचुल्का बनाउने काम गरिरहेको छ ।

Womui
Womui