यसरी हेर्न सकिन्छ एसइईको नतिजा

41

छिनछिन खबर
काठमाडौं– माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि सबै तयारी पूरा गरिएको छ । बिहीबार नतिजा प्रकाशन गर्न बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइएको जानकारी दिए । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुनेछ । २ नम्बर प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेका कारण यस वर्षको परीक्षाफल प्रकाशित गर्न केही ढिलाइ भएको हो ।

अघिल्ला वर्ष जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा प्रकाशित हुने गरेको थियो । २०७५ सालको एसइई परीक्षा गत चैत १० गतेबाट शुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।

नतिजा प्रकाशन भएपछि १६०० मा डायल गरेर आफ्नो नतिजा थाहा पाउन सकिने छ । त्यसका साथै एसएमएसबाट नतिजा थाहा पाउन सकिने छ ।
जसका लागि
See space symbol number type गरी १६०० मा पठाउनु पर्ने हुन्छ ।

Womui
Womui