लोकसेवामा तीन लाख ८७ हजारको आवेदन

43

छिनछिन खबर
काठमाडौं–लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापनमा तीन लाख ८७ हजारले आवेदन दिएका छन् । आयोगले गत जेठ १५ गते स्थानीय तहका लागि खुलाइएको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन स्थगित गर्न निर्देशन दिएको छ ।

विज्ञापनलाई लिएर सर्वोच्च अदालतमा रिट पनि परेको छ । सर्वोच्चमा परेका रिटमाथिको सुनुवाई पनि जारी नै रहेको छ । आवेदन दिने समय अझै एक सातासम्म भएकोले यो संख्या अझै बढन सक्ने आयोगले जनाएको छ । आयोगका अनुसार आवेदन दिनेमध्ये खुलामा ३ लाख ८२ हजार दुई सय ४४, महिलातर्फ ९३ हजार दुई सय २७ जना, आदिवासी जनजातितर्फ ३९ हजार ५ सय २७ जना, मधेशीतर्फ २२ हजार पाँच सय ८३, दलिततर्फ २ हजार ८ सय १७, अपांगतर्फ १३७ र पिछडिएका क्षेत्रतर्फ १०७ जनाको आवेदन परेको छ । बुधबार मात्रै दिउँसो ४ बजेसम्म ८ हजार दुई सय ८९ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता एवम् सहसचिव किरणराज शर्माले भने, ‘सर्वोच्च अदालतले विज्ञापन रोक्न वा फेरबदल गर्न आदेश दिएको खण्डमा बाहेक आयोगले विज्ञापन रोक्दैन । तोकिएकै समयमा परीक्षा हुन्छ । हामीले अहिले युद्ध स्तरमा काम गरिहेका छौ ।’ स्थानीय तहमा रिक्त रहेका पदका लागि आयोगले नौ हजार एक सय ६१ पदमा गत जेठ १५ गते विज्ञापन खुलाएको हो ।

Womui
Womui