प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक बलात्कार अभियोगमा पक्राउ

37

छिनछिन खबर
बुटवल– दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । गैडहवा गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अधिकृत जीवन ज्ञवालीसहित १२ जनाको समुहले युवतीहरूमाथि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक ज्ञवाली पक्राउ परेका छन् । असार २ गते राति युवतीमाथि बलात्कारको घटना भएको प्रहरीले जनाएको छ । गैडहवाका–९ का २२ र २३ वर्षीया दुई युवती र स्थानीय विष्णु थारूले राति सँगै होटलमा बसेर मदिरा पिएका थिए ।

घर फर्किने क्रममा विष्णुले अन्य साथीहलाई बोलाएर जबर्जस्ती करणी गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडितले किटानी जाहेरी दिएपछि घटनाको अनुसन्धान अघि बढाइएको इलाका प्रहरी लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए । घटनामा १२ जना संलग्न रहेको अनुमान गरिएको छ ।

Womui
Womui