जेट एयरवेयजको दुःखद अन्त्य, अब आकाशमा जेट उड्ने छैन

69

एजेन्सी
मुम्बई–भारतीय निजी क्षेत्रको वायुसेवा कम्पनी जेट एयरवेयज अब इतिहास बन्ने लगभग पक्का देखिएको छ । इकोनोमिक्स टाइम्सका अनुसार जेट एयरवेयज अब पुनः संचालन हुने सम्भावना लगभग सकिएको छ । जेटका दुईजना संचालक अशोक चावला र शरद शर्माले कम्पनीको संचालक समितिबाट राजीनामा दिएका छन् ।

जेट एयरवेयजलाई ऋण लगानी गरेको प्रमुख ऋणदाता बैंक एसबिआईले जेट एयरवेयजको नेशन कम्पनी ल ट्रिब्युन (एनसीएलटी) मा जाने निर्णय गरेका छन् । एसबीआई बैंकले विज्ञप्तिमा जनाएअनुसार बैंकले इनसोल्भेन्सी एण्ड बैंककरप्सी आईबीसी अनुसार जेट एयरवेयजको लोन रिजोलुसनको फैसला गरेको छ । भारतको हवाई उद्योगमा एउटा युगको अन्त्य भएको छ । जेट एयरवेयजको दुःखद अन्त्य भएको हो । जेटले अप्रिल १७ बाट आफ्नो सम्पूर्ण उडान बन्द गरेको छ ।

जेट बन्द भएसँगै त्यहाँ कार्यरत कर्मचारीहरु अर्को एयरवेज कम्पनीमा गएका छन् । भारतको व्यवसायिक वृतमा जमिनबाट आएर आकाश छोएर पुनः जमिनमा फर्केका व्यवसायीको सूचिमा नरेश गोयल भएका छन् । जिएसएबाट जेटका मालिक बनेका नरेश गोयल जसलाई कच्चा तेलको मूल्यले १ खर्बको ऋण बोकायो नरेश गोयलले सन् १९९३ मा दुईवटा बोइङ ७३७ बाट जेट एयरवेयजको सुरुवात गरे ।

कुनैबेला सामान्य ट्राभल ऐजेन्सी चलाउने गोयलले भारतको पहिलो निजी क्षेत्रबाट चलाइएको एयरलाइन्स कम्पनीका मालिक बनेका थिए । बैंकको १ खर्बभन्दा बढी भारतीय रुपैयाँ ऋण रहेको गोयललाई भारत सरकारले विदेश जानको लागि रोक लगाएको छ । जेट एयरवेज खरिदको लागि हिन्दुजा ग्रुप तथा इतिहादले बोली लगाएका थिए । उनीहरुले बैंकलाई ८५ प्रतिशतसम्म कर्जा माफ गर्नको लागि भनेका थिए । बैंकले यो आग्रहलाई अस्वीकार गरेको थियो । जेट एयरलाइन्स बन्द हुँदा सोल्टी होटलको कति डुब्यो ?

विमानस्थले समेत पैसा लिन बाँकी
जेटले बैंकलाई चुकाउनुपर्ने १ खर्ब भारतीय रुपैयाँ कर्जा बाहेक विभिन्न कम्पनीलाई भुक्तान गर्नुपर्ने तथा कर्मचारीको तलब दायित्व लगायतका अन्य दायित्व गर्दा २५ खर्ब भारतीय रुपैयाँ रहेको जनाएको छ । नेपालमा पनि सोल्टी होटल तथा अन्तराष्ट्रिय विमानस्थलले समेत जेटसँग पैसा लिन बाँकी रहेको छ ।

Womui
Womui