रसुवागढी हाइड्रोको सुरुङमा थुनिएका सबै मजदुर सकुशल

90

छिनछिन खबर
काठमाडौं– रसुवागढी जलविद्युत् आयोजनाको ए फोर सुरुङमा पहिरो खस्दा थुनिएका १५ मजदुरको सकुलश उद्धार गरिएको छ । थुनिएको साढे १० घण्टापछि सबैको सकुशल उद्धार गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

उनीहरू बिहीबार राति साढे ८ बजेदेखि थुनिएका थिए । ‘खोलाबाट २ सय ५० मिटर माथि घटनास्थल रहेको छ, त्यहाँबाट सबै कामदारलाई निकालिसकिएको छ र तल ल्याउन सुरक्षाकर्मीको टोली खटिएका छन्,’ भण्डारीले भने ।

Womui
Womui