सुनको मूल्यमा नयाँ रेकर्ड

48

छिनछिन खबर
काठमाडौं–सुनको मूल्य अहिलेसम्मै महँगो भएको छ । छापावाल सुनको मूल्यले बिहीबार तोलाको ६४ हजार रुपैयाँको नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ यसभन्दा पहिले पछिल्लो पटक फागुनमा प्रति तोला ६३ हजार ३०० रुपैयाँसम्म पुगेको थियो । बुधबारको तुलनामा बिहीबार एकैदिनमा सुन तोलामा एक हजार रुपैयाँ बढीले बढेको हो ।

तेजाबी सुन प्रतितोला ६३ हजार ७०० र चाँदी प्रतितोला ७३० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएपछि त्यसको असर नेपालमा पनि देखिएको हो । अन्तर्राष्ट्रिय बजारका आधारमा नेपालमा सुनको भाउ निर्धारण हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३९४ डलर पुगेको छ । यो पाँच ५ वर्ष यताकै उच्च बिन्दु हो ।

अमेरिका र चीनको व्यापारिक युद्ध, पछिल्लो समय पोर्चुगलले र अमेरिकाबीच उत्पन्न तनावले सुन सञ्चय गर्ने क्रम बढ्दा मूल्य नयाँ उचाइमा पुगेको हो । सोही अनुरुप नेपालमा पनि मूल्य बढेको व्यवसायी बताउँछन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ । जेठ १४ गते ५९ हजार ६०० रुपैयाँसमा कारोबार भएकोमा त्यस यता निरन्तर बढिरहेको छ ।

Womui
Womui