वेभसाइटको समस्याले लोकसेवाको आवेदन भर्न एक हप्ता थप

38

छिनछिन खबर
काठमाडौं– लोकसेवा आयोगले अनलाइन फारम भर्ने अवधि एक हप्ता बढाएको छ । समय थप गर्दै लोकसेवाले असार १० गतेसम्म सिङ्गल दस्तुरमा असार १७ गतेसम्म दोव्वर दस्तुरमा फर्म भर्ने व्यबस्था मिलाएको जनाएको छ ।

लोकसेवा आयोगको वेभसाइटमा गत सोमबारदेखि समस्या देखिएपछि अनलाइन फारम भर्ने अवधि बढाइएको हो । आयोगले विज्ञप्ति जारी गर्दै अनलाइन आवेदन दिने विद्यार्थीहरुको चाप धेरै भएका कारण दरखास्त अपलोडमा गर्न कठिनाइ भई आयोगमा दरखास्त फारम बुझाउन नसकेको बताएको छ ।

Womui
Womui