४० हजार नयाँ शिक्षक दरबन्दी थपिँदै, राहत र अनुदान शिक्षकलाई दरबन्दीमा ल्याइने

175

छिनछिन खबर
काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा शिक्षक दरवबन्दी थप्ने तयारी गरेको छ । विद्यार्थी संख्या घटेर कतिपय सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले ४६ हजार शिक्षक दरवबन्दी थप्ने तयारी गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ठूलो संख्यामा शिक्षक दरबन्दी थप गर्न लागेकाले कतिपयले विरोध गरेका छन् ।

राहत र अनुदानमा रहेका शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्न लागिएको बताइएको छ । २०६० सालमा एकदेखि १० सम्म ४० हजार राहत दरबन्दीमा नियुक्त गरिएको थियो भने कक्षा ११ र १२ पढाउन अनुदान कोटामा ५ हजार नौ सय ५९ जना शिक्षक राखिएको थियो ।

अहिले ती सवैलाई दरबन्दीमा रूपान्तरण गर्न लागिएको हो । शिक्षकलाई दरबन्दीमा रूपान्तरण गरिए राज्यलाई वार्षिक थप १ अर्ब ५० करोड रुपैयाँ व्यायभार पर्नेछ । मुलुकभर २७ हजार ८ सय ८३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । यी सबै विद्यालयमा १ लाख ९ हजार शिक्षक दरबन्दी स्वीकृत भएको छ ।

सरकारी अनुदानबाट आधारभूत तहमा एक लाख २६ हजार तीन सय ७२ प्राप्त र निजी तथा स्थानीय स्रोतबाट ६६ हजार नौ सय ९२ जना शिक्षक राखिएका छन् ।

Womui
Womui