पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

54

छिनछिन खबर
काठमाडौं– नोपल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा २ रुपैयाँ प्रति लिटर घटाई समायोजन गरेको जनाएको छ ।

निगमका अनुसार अब पेट्रोलको मुल्य १०८, डिजेल र मट्टितेलको ९६.५० प्रति लिटर कायम भएको छ । त्यस्तै हवाई इन्धन र एल.पी.ग्यासको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । नयाँ मूल्य आइतबार रातिदेखि कार्यान्वयनमा आउने निगमले जनाएको छ ।

Womui
Womui