“बाँके स्कुल आईडल” को उपाधी पञ्चमुखी हाईस्कुललाई

151

नेपालगन्ज, जेठ ३२-
‘बाँके स्कुल आईडल–२०७६’ को उपाधी पञ्चमुखी हाईस्कुल कोहलपुरले प्राप्त गरेको छ । नेपालगन्जमा शनिबार सम्पन्न अन्तिम प्रतियोगितामा पञ्चमुखीले उपाधी हात पार्दै नगद १ लाख १ हजार तथा सम्मान पत्र प्राप्त गरेको हो ।


यस्तै दोस्रो स्थानमा आएको जयबागेश्वरी हाईस्कुल नेपालगन्जले नगद ७२ हजार तथा सम्मान पत्र तथा तेस्रो स्थानमा आएको लिटिल एजल्स कोहलपुरले नगद ५१ हजारसहित सम्मान पत्र प्राप्त गरेको आयोजक मिडिया ल्याब प्रोडक्सन प्रा.लि.ले जनाएको छ ।प्रतियोगितामा वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली र गणेश विष्टले निर्णायकको भूमिका निभाएका थिए । कला र सँस्कृतिको पहिचानका लागि भन्दै प्रतियोगिता आयोजना गरिएको हो ।

Womui
Womui