“सरकारले संसदमाथी नै हस्तक्षेप गर्यो” : डा. संग्रौला

67
नेपालगन्ज, जेठ ३२-
         नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम् सांसद डा. डिला संग्रौलाले वर्तमान सरकारले ब्यवस्थापिका संसदमाथी हस्तक्षेप गरिरहेको आरोप लगाएकी छन् । शक्ति सन्तुलनको सिद्धान्त विपरित कार्यपालिकाले ब्यवस्थापिकालाई चलाउने काम गरेको उनको भनाई छ । नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा
शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा संग्रौलाले यस्तो बताएकी हुन् ।
 
बर्तमान सरकार आफ्नो दुई तिहाईको दम्ममा अगाडी बढिरहेको हुदाँ व्यवस्थापिकलाई गौण बनाउने कोसिसमा रहेको उनले जोड दिईन् । ‘अहिले हरेक तर्फबाट सरकारको आलोचना भईरहेको छ, हरेक ठाउँमा सरकारको बिरोध भईरहेको छ, तरपनि सरकार अटेरी गर्दै संबिधान विरोधी क्रियाकलापहरु गर्दै अगाडी बढेको
छ, जुन संविधान विपरित छ ।’ मिडिया काउन्सिल विधेयक ल्याएर सरकारले पत्रकारको कलम भाँच्ने काम गरेको उनले बताईन । हरेक परिवर्तनको साक्षीको रुपमा रहेको चौथो अंगलाई निषेध गर्न खोजेकोमा नेपाली कांग्रेसको घोर आपत्ती रहेको उनको धारणा छ ।

लोकसेवा आयोगको विज्ञापन खारेजीको विषयमा प्रतिक्रिया दिदै राज्य ब्यवस्था समितिको सदस्य समेत रहेकी संग्रौलाले आयोगले निकालेको विज्ञापन संविधानको मर्म विपरित रहेको बताईन् । संविधानले अंगिकार गरेको समानुपातिक र समावेशीतालाई आयोगले कुल्चिएको उनको भनाई छ । कर्मचारी
भर्ना गर्ने अधिकार संविधानले प्रदेश सरकारलाई पनि दिएको स्पष्ट पार्दै प्रदेश लोक सेवा आयोग गठन गरेर विज्ञापन खोल्नुपर्ने सुझाव दिईन् ।
फरक प्रसंगमा बोल्दै केन्द्रिय सदस्य डा. संग्रौलाले धर्म सँस्कृतीमाथी सरकारले प्रहार गर्न गुठी विधेयक ल्याउन लागेको बताईन् । नेपाल प्रेस युनियन बाँकेका सचिव अर्जुन ओलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा नेपाली काँगे्रस बाँकेका सभापति किरण कोइराला, संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठाकुरी लगायतको उपस्थिती रहेको थियो भने, कार्यक्रम सञ्चालन मधु पौडेलले गरेका थिए ।
Womui
Womui