सिमेन्ट उद्योगको भवन भत्किँदा तीनको मृत्यु, तीन घाइते

45

छिनछिन खबर
दाङ–सम्राट सिमेन्ट उद्योगको भवन भत्किँदा तीन मजदुरको मृत्यु भएको छ । निर्माणको क्रममा भव भत्कँदा तीन भारतीय मजदुरको मृत्यु भएको उद्योगले जनाएको छ ।


लमही नगरपालिका–७ मा निर्माण हुँदै गरेको भवन भत्कँदा भारतीय नागरिक साहेब बोद्रा, दयाल हरेन र मंगल कश्यपको मृत्यु भएको उद्योगका महाप्रबन्धक रेमन्त ढकालले बताए । उनका अनुसार ती मजदुरहरुले पाँच तलामाथि भवन निर्माणको काम गरिरहेका थिए ।

पाँचौँ तलामाथि थप अर्को थला थप्नका लागि पीलर निर्माणको काम गर्दैगर्दा भवन भत्किएको थियो । निर्माणको काम गरिरहेका ६ जना मध्य तीनजनाको मृत्यु भएको र तीन जना घाइते भएका छन् ।

Womui
Womui