३÷३ जना सवार मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, २ को अवस्था गम्भीर

67

सर्लाही, जेठ ३० । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् ।हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नम्बरको मोटरसाइकल र ज२प ७८८६ नम्बरको मोटरसाइकल एकापसमा गए राति करिब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै मोटरसाइकल चालक हुन् । दुवै मोटरसाइकलमा चालकसहित ३÷३ जना सवार थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएका सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए ।

ना२५प ६९२२ नम्बरको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन् । दुवै जना स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन् भने ज२प ७८८६ नम्बरको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन् ।

रासस

Womui
Womui