पूर्वी नवलपरासीमा हावा हुरीले पुर्‍याएको क्षति

104

छिनछिन खबर

नवलपरासी, जेठ २७ । पूर्वी नवलपरासीको पहाडी गाउँपालिका बुलिगंटार–४, अर्खलाको चुलीबोझामा  हावा हुरीले  ४० घरमा नोक्सान गरेको छ । चुलीबोझामा १० घर, ठूलो अर्खलामा पाँच घर र अन्य स्थानमा २५ घरमा क्षति पुगेको स्थानीयले जानकारी दिए । हुरीले किसानको मकैलगायतका बालीमा पनि नोक्सान गरेको छ ।

हुरीपछि आएको वर्षाले दलदले बुलिगंटार मोटरबाटोसमेत अवरुद्ध हुन पुगेको छ । सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ । स्थानीयका अनुसार मानविय क्षति भएको छैन । आइतबार साँझ हावाहुरी सँगै परेको चट्याङले चुलीबोझामा ४५ बाख्रा मरेका छन् ।

Womui
Womui