गुठी सम्बन्धी कानुन एकीकरण विधेयकमा सरोकारवालाहरुकोे विरोध

297

छिनछिन खबर
काठमाडौँ,जेठ २६ । सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उदेश्यसहित गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको सरोकालवालाहरुले विरोध गरेका छन् ।माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्न उत्रेकाहरूमाथि सरकारले पानीका फोहोरा चलाएको छ । विधेयक फिर्ता लिनु पर्ने, सार्वजनिक जग्गा व्यक्तिको बनाउने चलखेल हुन यस्तो विधेयक आएको भन्दै विरोध गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा अध्यक्ष रहेको गुठी संरक्षण पुचले समेत सरकारले लुकेर भूमाफियाको हितमा रोकारवालाहरूसँग छलफल नै नगरी विधेयक ल्याएको भन्दै विरोध गरेका थिए ।

गुठी सञ्चालन गरिरहेका व्यक्तिहरूसँग छलफल नै नगरी गुठीयारलाई नै हटाउने प्रावधानसहित ल्याएको थियो । कुनै छलफल नै नगरी विधेयकहरू संसदमा दर्ता भएको भन्दै सरोकारवालाहरू आन्दोलनमा उत्रिएको जनाए ।

Womui
Womui