विषालु च्याउ खाँदा एकको मृत्यु नौ जना सिकिस्त

136

छिनछिन खबर
पाल्पा, जेठ २६ । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जङ्गलको विषालु च्याउ तरकारी खाँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठकुरी छिन् । अरु नौ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।निर्मलाको चितवनस्थित पुरानो कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए ।

बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा,उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुर सिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह, ७ वर्षीय सुमन सिंह, धनकुमारी सिंह, ४ वर्षीया विष्णुसिंह ठकुरी र निरुता सिंह ठकुरी रहेका छन् । उनीहरु ४ परिवारका सदस्य हुन् ।

बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार साँझ च्याउ खाएपछि शनिबार बिहान देखि बिरामी पर्न थालेको स्थानियको भनाइ छ । बान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

Womui
Womui