बाँके कांग्रेसको आज नेपालगन्जमा बृहत प्रर्दशन तथा सभा

76

नेपालगन्ज, जेठ २५-

राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस बाँकेले शनिबार (आज ) नेपालगन्जमा बृहत प्रर्दशन तथा सभा गर्ने भएको छ । नेपाली कांग्रेस बाँकेको कार्यालयबाट दिउसो २ बजे सुरु हुने बृहत प्रर्दशन गणेशमान चोक, विपी चोक हुदै त्रिभुवन चोकमा पुगेर सभामा परिणत हुनेछ ।

बृहत प्रर्दशन तथा सभालाई कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउद लगायत नेताले सम्बोधन गर्नेछन् । सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न आयोजना गरिएको उक्त प्रर्दशन र सभामा सबैलाई आब्हान गरिएको कांग्रेसले जनाएको छ । उक्त कार्यक्रममा सहभागिताका लागि कांग्रेसका सबै तहका पदाधिकारी, क्रियाशिल सदस्य, भातृ तथा शुभेच्छुक संगठन तथा सर्बसाधारणलाई आब्हान गरिएको सचिव तप्त पौडेलले जानकारी दिए ।

बृहत प्रर्दशन तथा सभाको तयारीका लागि पार्टीका नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्टको संयोजकत्वमा प्रचार–प्रसार, क्षेत्र नम्बर ३ का सभापति रमेश गुप्ताको संयोजकत्वमा मञ्च ब्यवस्थापन लगायत उपसमिति गठन गरिएको थियोे । प्रर्दशन र सभामा हजारौं कार्यकर्ता तथा सर्बसाधारणको सहभागिता रहने कांग्रेस बाँकेले जनाएको छ ।

कांग्रेसले पहिलो चरणको अभियान बैशाख २५ गतेबाट एक महिनासम्म सञ्चालन गरेको थियो । पहिलो चरणको कार्यक्रममा गाउँ, टोल, वडा, गाउँपालिका, नगर, क्षेत्रीय स्तरमा बैठक, भेला तथा सम्मेलन गर्ने तालिका निर्धारण गरिएको थियो । सो अनुरुप जिल्लाका सबै क्षेत्रमा कार्यक्रम भएको बाँके कांग्रेसले जनाएको छ ।

Womui
Womui