प्रधानमन्त्रीको आजदेखि युरोप भ्रमण, तीन दर्जनको भ्रमण टोली

88

काठमाडौं, जेठ २५–

प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमण आजदेखि सुरु हुने भएको छ। ८ दिने भ्रमणका लागि प्रधानमन्त्री शनिबार साँझ ७ बजे युरोप प्रस्थान गर्नेछन्। प्रधानमन्त्री ओली स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्रीको युरोप भ्रमण स्विटजरल्याण्डको जेनेभाबाट सुरु हुनेछ।

अन्तर्राष्ट्रिय श्रम संगठनको १००औं वार्षिकोत्सवलाई प्रधानमन्त्री ओलीले जेठ २७ गते जेनेभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन बेलायत पुग्ने प्रधानमन्त्रीले ३ दिन बेलायतमा बिताउनेछन्। जेठ २८ मा बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

त्यसअघि बेलायतमै जेठ २७ मा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। बेलातमै प्रधानमन्त्री ओलीले बेलायती संसदीय समितिाई सम्बोधन गर्ने बताइएको छ।जेठ २९, ३० र ३१ गते फ्रान्सको भ्रमण गरी अर्को आइतबार स्वदेश फर्कने प्रधानमन्त्रीको कार्यतालिका बनेको छ।

Womui
Womui