रमजान पर्वले सबै नेपालीमा राष्ट्रिय एकता कायम गर्ने राष्ट्रपतिको विश्वास

147

नेपालगन्ज, जेठ २१-
राष्ट्रपति बिद्यादेवी भण्डारीले मुस्लिम समुदायको पवित्र रमजान पर्वले सबै नेपालीमा राष्ट्रिय एकता कायम गर्ने विश्वास ब्यक्त गरेकी छन् । ‘नेपालको संविधानले सबै धर्म सम्प्रदायको संरक्षण गरेको छ, संविधानले नै मुस्लिम आयोगको ब्यवस्था गरिदिएको छ, आफन्तबीच खुसी आदान प्रदान गरी मनाउने विशिष्ट पर्व रमजानले मौलिक सँस्कृति परम्पराको संरक्षण गर्नेछ,’ मुस्लिम समाज बाँकेले नेपालगन्जमा मंगलबार बेलुका आयोजना गरेको ‘रोजा ईफ्तार’ लाई सम्बोधन गर्दै उनले भनिन् । मुस्लिम समुदायले उठाएका मागका विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको राष्ट्रपति भण्डारीको भनाई छ । सरकारले मुस्लिम समुदायको मागप्रति गम्भिरता देखाउनेमा आफु आशावादी रहेको उनले बताईन् ।

सो अवसरमा बोल्दै शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले राष्ट्रपति भण्डारी रोजा ईफ्तारीमा सहभागी हुँदा मुस्लिम समुदायसहित सिंगो बाँकेबासी हर्षित भएको बताए । ‘सम्मानीय राष्ट्रपति ज्यू सहभागी हुँदा हामी निकै आभारी छौं, यसै कार्यक्रममार्फत मुवारकवाद दिन चाहन्छौं,’ मन्त्री राईले भने । मुस्लिम समुदायका अगुवा मोहम्मद हारुन, अब्दुल हुसेन खाँ, अब्दुल करिम खान, सकिल जसगढ, मोहम्मद जुवेर राई लगायतले मुस्लिम समुदायको छुट्टै पहिचान हुनुपर्ने माग गरे ।

राष्ट्रपति भण्डारीलाई मुस्लिम समाज बाँकेले विभिन्न मागसहितको अनुरोध पत्र बुझायो । मुस्लिम समुदायको रुपमा छुट्टै पहिचान कायम गर्नका लागि आवश्यक पहल गरिदिनुपर्ने, मुस्लिम समुदायको महत्वपुर्ण पर्व ईदुलफित्र(ईद), ईदउल अजाह(बक्राईद), मोहम्मद डे मा राष्ट्रिय रुपमा सार्वजनिक बिदाको ब्यवस्थाको लागि आवश्यक पहल गरिदिनुपर्ने लगायत माग राखेको छ । समाजका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ ले मुस्लिम समुदायको माग पुरा गरिदिन आवश्यक पहल गरिदिन राष्ट्रपति भण्डारीलाई अनुरोध गरे ।

Womui
Womui