जयनगर–कुर्था रेल सञ्चालनको मिति स¥यो

196

छिनछिन खबर
काठमाडौं– जयनगर–कुर्था रेल सञ्चालन गर्ने मिति पुनः सरेको छ । पछिल्लो समय विभागले चालू आर्थिक वर्षको असार मसान्तभित्र रेल खरिद गरी सञ्चालन गर्ने भने पनि रेल खरिदमा ढिला हुँदा समयभित्र रेल नचल्ने भएको हो । विभागले गत वर्षदेखि ४ पटक रेल सञ्चालन हुने मिति तोके पनि रेल सञ्चालन हुन सकेको छैन । चालु आर्थिक वर्षको अन्त्यभित्रै रेल खरिद गरी सञ्चालन गर्ने भनेको विभागले अहिलेसम्म रेल खरिद गर्न सकेको छैन ।


भारतीय निर्वाचनका कारण पनि रेल खरिद हुन नसक्दा तोकेको समयभित्र रेल सञ्चालन गर्न सम्भव नभएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । ‘रेल खरिद गर्न भारतीय रेलवे कम्पनीसँग सम्झौता भइसकेको छ । भारतको चुनावले पनि केही ढिलाइ हुने भयो,’ उनले भने, ‘असारसम्म रेल सञ्चालन गर्ने योजना हो । केही ढिला हुने भयो ।

उनले रेल सञ्चालन हुन ५÷६ महिना लाग्ने सक्ने बताए । ६९ किलोमिटरको जनकपुर–बर्दिवास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको ३४ किमी यसअघि नै निर्माण भइसकेको छ । रेल सञ्चालनका लागि नेपालले भारतीय रेलवे सेवा कम्पनीसँग सम्झौता गरी सञ्चालन गर्नेछ ।

करिब ८५ करोड रुपैयाँ खर्चेर आफ्नै स्वामित्वको रेल खरिद गर्ने प्रक्रिया अघि बढेको विभागका महानिर्देशक मिश्रले बताए । उक्त रेल सेवा डिजेल इलेक्ट्रिक मल्टिपल युनिट मोडेलको हुनेछ । यसअघि सन् २०१२ मा सञ्चालनमा रहेको रेल पुनः ७ वर्षपछि सञ्चालनमा आउनेछ ।

रेल सञ्चालन गर्न लम्बिँदो खरिद प्रक्रिया, आवश्यक पुँजी सङ्कलन, विद्युतीय पोल सार्न कठिनाइ, जग्गा तथा रुख कटान जस्ता समस्याका कारण पनि रेल सञ्चालनमा ढिलाइ भएको रेल विभागले जनाएको छ ।

Womui
Womui