सुन्दा लोकप्रिय लाग्ने बजेट कार्यान्वयनमा कठिन, यस्तो छ कारण

34

छिनछिन खबर
काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेका आगामी आवको बजेट सुन्दा लोकप्रिय लागे पनि कार्यान्वयन गर्न कठिन देखिएको छ । चालु आवमा १३ खर्ब १५ अर्ब १६ करोड बजेट नै खर्च गर्न नसकेको सरकारले एक वर्षको अन्तरमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट खर्च गर्ने सम्भावना देखिँदैन । क्षमताको ख्याल नगरी ल्याइएको बजेट कार्यान्वयन गर्न सजिलो छैन । चालु आवको साढे १० महिनाको पुँजीगत खर्च ४४ प्रतिशत मात्र भएको छ । पुँजी निर्माण गर्ने तथा रोजगारी सिर्जना गरेर देशलाई आर्थिक र भौतिक रुपमा सम्पन्न गराउने पुँजीगत खर्च एक खर्ब ३८ अर्ब ५४ करोड मात्रै भएको छ ।


अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्ने क्रममा साढे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने बताए । चालु आवमै मौसमले साथ दिएर कृषि उत्पादनमा वृद्धि भएपनि अन्य क्षेत्रबाट उचित प्रतिपल प्राप्त हुन नसकेका कारण लक्षित आर्थिक वृद्धिदर हासिल हुने देखिएन । यसै वर्ष लक्षित आर्थिक वृद्धि भेट्न नसकेको सरकारले महत्वकांक्षी आर्थिक वृद्धिदर राखेकोमा निजी क्षेत्र समेत सशंकित बनेका छन् अर्थात पत्याएका छैनन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समग्रमा बजेट राम्रो भए पनि आर्थिक वृद्धिदर भने सरकारले घोषणा गरे हुन नसक्ने बताए । सरकारले आर्थिक र सामाजिक पूर्वाधार निर्माण, पुनर्निर्माण र नव निर्माण कार्यमा तीव्रता दिएर कृषि, उद्योग र सेवा क्षेत्रको विस्तारबाट सो लक्ष्य हासिल गर्न तयारी गरेको छ । चालु आवमा महत्वकांक्षी बजेट ल्याएर आलोचना खेपेका अर्थमन्त्री खतिवडाले आगामी आवका लागि भने धेरैलाई रिझाउने गरी कनिका छरेझै छरफष्ट बजेट ल्याए ।

बजेट छरिएको छ । यसले बजेट सुन्दा राम्रो बनेको छ । बजेट लोकप्रिय बनेको छ । बजेटले चनावी वर्षको झल्को दिएको छ । राज्यको प्राथमिकता पूर्वाधार निर्माण भएपनि चुनावी वर्षको जस्तै कार्यकर्ता रिझाउने भागबण्डा पु¥याउने हिसावले बजेट आएको छ । बालबालिका र वृद्धरवृद्धालाई बजेटले सुरक्षा प्रदान गरेपनि युवापुस्ताको लागि रोजगारी सिर्जना गर्नेमा बजेट अमूर्त देखिएको छ । सरकारले सिर्जना गर्छु भनेको पाँच लाख रोजगारी लगानीमैत्री वातावरण भएमात्र सम्भव भएको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । उद्योग प्रोत्साहन नीति सरकारले लिएमा त्यहि अनुसारको वातावरण सिर्जना गर्नेमा हामी आशावादी भएको उनले बताए ।

Womui
Womui