अस्ट्रेलियाको एआइबिटी इन्टरनेसनल कलेज खारेज, एक हजार बढी नेपाली विद्यार्थी समस्यामा

41

छिनछिन खबर
काठमाडौं–अस्ट्रेलियाको इन्टरनेसनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी (एआइबिटी इन्टरनेसनल) कलेज खारेजीमा परेको छ । अस्ट्रेलियन सरकारको शैक्षिक निकाय अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा) ले कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।


उक्त कलेजमा एक हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययन गरिरहेका थिए । खारेजीको निर्णयसँगै ती विद्यार्थी समस्यामा परेका छन् । गत फागुनमा पनि नर्सिङ सोसाइटी सम्बन्धन नलिएको र बिना रिफरेन्स विद्यार्थीलाई नर्सिङ डिप्लोमा भर्ना लिएका कारण द अस्ट्रलिया इन्स्टिच्युट अफ विजनेस एन्ड टेक्नोलोजी कलेजलाई खारेज गरिएको थियो । यो प्रकरणमा हजारौं विद्यार्थी अलपत्र परेका थिए ।

एआइबिटी र एआइबिटी इन्टरनेसनल एकै स्वामित्वमा रहेका दुई छुट्टाछुट्टै कलेज हुन् । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगेका हजारौं नेपाली विद्यार्थी गलत सल्लाह र सुझावका कारण शैक्षिक अन्यौलमा पर्ने गरेको घटना सेलाउन नपाउँदै फेरि नेपाली विद्यार्थी अलपत्र परेका हुन् । यस्ता कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि नो अब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरवाहीले हजारौं विद्यार्थी समस्यामा परेको भन्दै व्यापक गुनासो भइरहेको छ ।

Womui
Womui