विप्लवका भेरी इन्चार्जसहित दुई नेता पक्राउ

83

छिनछिन खबर
सुर्खेत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम् भेरी ब्यूरो इन्चार्जसहित दुई जना पक्राउ परेका छन् ।

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–५ भर्लेनीबाट केन्द्रीय सदस्य बलबहादुर ओली ‘सितल’ र सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यामराज’ लाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट पार्टीका विभिन्न दस्तावेजहरु बरामद गरिएको प्रहरीका एक अधिकारीले जानकारी दिए । पछिल्लो समयमा प्रहरीले विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गर्ने क्रम तीव्र पारेको छ ।

Womui
Womui