चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई तीन महिना जेल

184

छिनछिन खबर
काठमाडौं– जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गरेको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले खुश्बुलाई दोषी ठहर गर्दै तीन महिना कैद सजाय र तीन हजार रुपैयाँ सजायको फैसला गरेको हो ।

खुश्बुले सप्तरीका गोपालबहादुर कट्वाललाई दिएको ३६ लाख रुपैयाँको चेक नसाटिएपछि मुद्दा परेको थियो । खुश्बुले घरजग्गा खरिदका लागि भन्दै कट्वालबाट ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन् ।

उक्त रकम भुक्तानीका लागि दिएको चेक बाउन्स भएपछि कट्वालले खुश्बुविरुद्ध मुद्दा दायर गरेका हुन् । अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठका अनुसार फैसलामा कैद र जरिवानाका साथै खुश्बुबाट ३६ लाख रुपैयाँ भराउन पनि आदेश गरिएको छ ।

Womui
Womui