नेपाल लाइफद्वारा २५ प्रतिशत बोनस शेयर र २३ प्रतिशत डिभिडेन्ड दिँदै

81

छिनछिन खबर
काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्सले यसवर्ष शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र २३.५० प्रतिशत डिभिडेन्ड दिने भएको छ । कम्पनीको बीरगंजमा सम्पन्न १९ औं बार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड पुग्ने छ ।

अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३२ प्रतिशत बजारहिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।
सभाबाट आ.व.२०७४÷०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ ।

हाल कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,२२,००० भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

Womui
Womui