रुपन्देहीको सिद्धार्थनगरमा गोली चल्यो, तीन प्रहरी र एक भारतीय नागरिक घाइते

134

छिनछिन खबर
बुटवल–रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १० शंकरपुर नाकामा गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका भारतीय नागरिक झिनक धोवीलाई पक्राउ गरी नेपाल ल्याउने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाले प्रहरीले चलाएको गोली लागेर महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका दिलीप धोवी घाइते भएको बताए । भारतको महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका ५० वर्षीय धोवीले अटोमेटिक पेस्तोल नेपाल ल्याउदै गर्दा बोर्डर क्षेत्रमा स्थानीयले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

सादा पोशाकका प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ । आक्रमणमा ३ जना प्रहरी घाइते भएको छन् ।

Womui
Womui