नेकपा सचिवालय बैठकः यस्तो छ जनवर्गीय संगठनको भागबन्डा

35

छिनछिन खबर
काठमाडौं–सत्तारुढ नेकपाको सचिवालय बैठकले अधिकांश जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । वालुवाटारमा बसेको नेकपा बैठकले नेकपामा २२ जनवर्गीय संगठनमध्ये धेरैजसोको भागबन्डा टुङ्ग्याएको हो ।

विद्यार्थीका संयोजकमा पूर्व एमाले निकट विद्यार्थी संठनका नेता ऐन महर, यूवाको संयोजकमा पूर्व माआवादी निकट नेता रामप्रसाद सापकोटा दिपशिखा, महिलाको संयोजकमा पूर्वमाओवादी निकट नेता अमृता थापा मगरलाई जिम्मेवारी दिने सहमति जुटेको छ । त्यसैगरी मजदुर संगठनमा तत्कालीन एमाले निकट विनोदमा श्रेष्ठ संयोजक रहने सहमति भएको छ ।

प्रेस संगठनमा तत्कालीन माओवादीका नेता महेश्वर दाहाल संयोेजक बन्ने भएका छन् । त्यसैगरी बुद्धिजिवीमा तत्कालीन एमाले निकट नेता दिनेशचन्द्र देवकोटा संयोजक तोकिएका छन् ।

Womui
Womui