साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या, एसियन महिला निशानामा

167

एजेन्सी
साइप्रस– साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या भएको छ । पछिल्लो एक महिना यता भएको श्रृंखलावद्ध आक्रमणमा उनीहरुको हत्या भएको जनाइएको छ । हत्या भएका अधिकांश महिला एसियाली मुलुकका रहेको छन् । श्रृंखलावद्ध आक्रमणमा एक नेपाली महिलासहित ४ जना फिलिपिन्सका महिला रहेको साइप्रस प्रहरीले जनाएको छ । त्यस्तै २ जना बालिकाहरु समेत रहेको बताइएको छ ।


सीटीभी न्यूजले जनाए अनुसार ज्यान गुमाउने नेपाली महिला आसिता खड्का बिष्ट रहेकी छन् । उनको ठेगाना भने खुलाइएको छैन । प्रहरीले उक्त हत्यामा संलग्न भएका आरोपमा एक जनालाई प्रक्राउ गरेको जनाएको छ ।
श्रृंखलावद्ध हमलाको विरोधमा राजधानी निकोसियामामा स्थानीयले विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।

एसियन महिलालाई निशाना बनाइएकाले यसको खोजी हुनुपर्ने अधिकारवादी संस्थाहरुले आवाज उठाएका छन् । युरोपेली मुलुक साइप्रसमा करिब १० हजार नेपाली महिला रहेको अनुमान छ । तेस्रो मुलुक हुँदै साइप्रस जाने गरेकाले महिलाहरुको यकिन विवरण थाहा हुन नसकेको हो । साइप्रसमा होटल, डान्स, रेष्टुरेन्टमा काम गर्न नेपाली महिला जाने क्रम बढेको छ ।

Womui
Womui