मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’–देउवा

54

छिनछिन खबर
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’ भएको बताएका छन् ।

काठमाडौंमा पत्रकाहरूुँग कुरा गर्दै देउवाले सरकार अधिनायकको बाटोतर्फ अघि बढेको भन्दै मिडिया काउन्सिल सम्बन्धी विधेयकलाई फिर्ता गराउने बताए । उनले भने,‘यो प्रेस स्वतन्त्रतामाथिको कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।’ सरकारले संसद्मा दर्ता गराएको प्रेस अभिव्यक्ति र स्वतन्त्रता विरोधी सवै विधेयकलाई गम्भीरतापूर्वक लिएको कांग्रेसले जनाएको छ । नेपाली मिडियाले पनि लोकतन्त्रका लागि जेल, नेल र पसिन बगाएका भन्दै कांग्रेसले कम्युनस्टि पार्टीएको कृपाबाट संविधान र मिडिया प्राप्त नभएको जनाएको छ ।

Womui
Womui