विद्युत् महसुल ‘पूरानो बक्यौता तिर्नुपरे उद्योग’ धराशयी : भवानी राणा

218

छिनछिन खबर
काठमाडौं, वैशाख २५ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी, व्यवसायीले पूरानो विद्युत् महसुल तिर्न नसक्ने बताएकी छन् ।अध्यक्ष राणाले पछिल्लो समय प्राधिकरणले २०७३ सालदेखि बढाएको शुल्क अहिले बिलिङ गर्नुको कुनै कारण नभएको बताइन् । ‘पूरानो बक्यौता तिर्नुपरे उद्योग धराशयी हुन्छन्’उनले भनिन् । चार वर्षदेखिको बिल अहिले पठाएर उद्योगीलाई त्रसित नबनाउन उनले आग्रह गरिन् ।

नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघिदेखिको बक्यौता तिर्नुपर्ने भन्दै चिठी काटेपछि उद्योगी–व्यवसायी एकजुट भएर त्यसको विरोध गर्न उत्रिएको बताइन् ।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी विद्युत् प्राधिकरणले नियमविपरित २०७३ सालदेखिको बक्यौताको बिल पठाएको भन्दै विरोध गरेको जानकारी दिइन् । प्राधिकरणले पछिल्लो समय झन्डै अढाई सय उद्योगी–व्यवसायीको सूची तयार गरी  ट्रंक तथा डेडिकेटेड लाइनको विद्युत् महसुलको बिल पठाउन थालेको छ । प्राधिकरणको पत्रले उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्राधिकरणले अनावश्यक रूपमा बिल पठाएर त्रसित बनाएको बताए । देश लोडसेडिङमुक्त भइसकेको अवस्थामा प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विवाद निकालेर उद्योगी–व्यवसायीलाई दुःख दिएको उनको आरोप छ ।नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पूरानो वक्यौता उद्योगी÷व्यवसायीहरुले भुक्तानी गर्न नसक्ने जानकारी दिए । ‘प्राधिकरणले नियम विपरित पुरानो बक्यौता पठाएको दावी गरे ।

Womui
Womui