प्रधानमन्त्री र काँग्रेसका सांसदबीच चर्काचर्की

165

छिनछिन खबर
काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे संसदमा बोल्दै गर्दा नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका सांसदहरुले सोधेको प्रश्नको उत्तर दिने रोष्टममा पुग्ने वित्तिकै आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भनेपछि कांग्रेसले आपत्ति जनाएको हो ।

प्रधानमन्त्रीले जवाफ दिन लाग्दा काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाए । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरे ।

काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए । सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे ।

Womui
Womui