बेलायती राजकुमार ह्यारी दम्पतीलाई पुत्र लाभ

127

रासस

लन्डन, बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्र लाभ भएको छ । उनकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिएको बेलायती सञ्चार माध्यमहरूले जनाएका छन् ।आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैंले सञ्चार माध्यमहरूलाई जानकारी गराएका थिए ।सञ्चार माध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिएका राजकुमार ह्यारीले आफू आजदेखि पिता भएको बताएका थिए ।

उनले आमा र बच्चा दुबै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि सुनाए ।सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले गत वर्ष वैवाहिक जीवनमा परिणत गरेका थिए ।अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न थिइन् ।

Womui
Womui